राति १२ बजेदेखि बिहान ९ बजेसम्म कालीमाटी बजार खुल्ने



काठमाडौं । कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ । निषेधाज्ञा पहिलो दिन बिहीबार ती बजार राति १२ बजेदेखि बिहान ७ बजेसम्म मात्रै सञ्चालनमा आएको थियो । किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञा कारण बिक्न छाडेपछि बजार खुल्न समयावधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यलयमा आग्रह गरेका थिए ।

सुरुमा प्रमुख जिल्ला अधिकारीले तरकारी, माछा मासु, फलफूल, दुग्ध डेरी र खाद्यान्न पसल दिनभरि सञ्चालन गर्न दिने बताएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास संस्थाका अध्यक्ष गीता आचार्यले बताए ।

तर चार बजे आएको कोभिड परीक्षण नतिजापछि कालीमाटी लगायतको क्षेत्रमा संक्रमित थपिएको भन्दै दिनभरि बजार खुलाउन नसकिने जानकारी प्रहरीबाट प्राप्त भएको उनले सुनाए ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा बजार बिहान ९ बजेसम्म सञ्चालन हुन दिने सहमति भएको कालीमाटी प्रहरी वृतका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारीदिए ।

प्रतिक्रिया दिनुहोस्