बारा गढीमाई मन्दिरको पूजारीको निधन



काठमाडौं । बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मूल पूजारी रौतहट गजरा नप ३ सिमरीगाउँका ७६ वर्षीय दुखन धामीको मृत्यु भएको हो ।

दुई दिनदेखि झाडापखाला लागेका धामीको निजगढमा उपचार हुन नसकेपछि भरतपुर लिएर जाने क्रममा बाटो मै मुत्यु भएको स्थानिय समाजसेवी अन्तरे लामाले जानकारी दिए । मृतक धामीको आजै सिमरी गाउँ छेउको नदी किनारमा अन्त्यष्टी गरिने समाजसेवी लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्