भरतपुर महानगरमा कर्मचारीको मस्ति, स्वास्थ्य कर्मचारीलाई सास्ती !



डिलकुमारि नेपाल , शंकर श्रेष्ठ

चितवन । देशभरि कोरोना संक्रमणको समयमा चिकित्सक स्वास्थ्यकर्मीलाई सत प्रतिशत जोखिम भत्ता उपलव्ध गराउन भने पनिे भरतपुर महानगर आफ्नै बोलिमा चुकेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुरुवाती समयमा स्वास्थ्य कर्मीको मनोवल वढाउन भत्ता दिने कुरा अहिले उनीहरु नपाएर दङ्गदास भएका छन् ।

महानगरको मातहत रहेका हेल्थपोष्टमा कार्यरत स्वास्थ्यकर्मीहरु अहिले भत्ताको आश मर्यो गौरिगञ्ज हेल्थपोष्ट प्रमुख ईश्वरा तिवारी महानगरका प्रशासनिक कर्मचारीले भत्ता लिईएको भए पनि स्वास्थ्य कर्मीहरुले अहिले सम्म नपाएको गुनासो छ । प्रत्यक्ष रुपमा अग्र पङ्गतिमा रहेर काम गर्ने कर्मचारीले भने जोखिम भत्ता पाउन नसकेको बताए ।

स्वास्थ्य महाशाखा अन्तर्गत कार्यरत अहेब अशोक भूजेल प्रोत्साहन भत्ता पाउनु कहाँ परको कुरा आफ्नै खर्च भएको पैसा समेत पाउन नसकेको गुनासो छ । उहाँ लकडाउनको समय देखि नै भरतपुर महानगरको वडा नम्बर ७ मा रहेका क्वारेन्टिनमा खटिनु भएको थियो । अहिले पनि नियमित रुपमा खटिनु भएको नै छ । तर उहाँले बारम्बार सम्पर्क गर्दा समेत प्रोत्साहन भत्ता नपाएको बताउनु भयो । उनले भने “दुःख गर्ने हामी भत्ता लिने अरु नै ।”

यसले गर्दा प्रशासनका कर्मचारीहरुले स्वास्थ्यका कर्मचारीलाई हेर्ने दृष्ट्रिकोण स्पष्ट भएको भूजेलको भनाई रहेको छ । महानगरको प्रमुख प्रशासकिय अधिकृत देखि बनपाले सम्मले असर २८ गते जोखिम भत्ता पाएका छन्, भने महानगरमा रहेका ३१ वटा स्वास्थ्य संस्था मध्य कसैले पनि भत्ता पाउन नसकेका हुन् । महानगरमा रहेका २९ वटा वडामा रहेका क्वारेन्टिनमा नियमित काम गर्नेलाई अहिले सम्म प्रोत्साहन भत्ता पाएका छैनन् ।

भरतपुर अस्पतालमै कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स तथा अन्य प्राविधिक कर्मचारीहरू पनि अहिलेसम्म जोखिम भत्ता नपाएको गुनासो गरिरहेका छन् । उनीहरुले सरकारले दिन्छु भनेको रकमसमेत नदिएको भन्दै काम गर्ने जाँगर र उत्साह पनि हराउँदै गएको गुनासो सुनाउँछन् । तर, यता भरतपुर महानगरपालिकामा काम गर्ने प्रशासनिक कर्मचारीदेखि पियनसम्मले असार महिनामा नै कोरोना जोखिम भत्ता लिएको खुलेको छ ।

अझै गज्जबको कुरा के छ भने, महानगरपालिका इन्जिनियर, सुपरभाइजर, वनपालेसम्मले कोरोना जोखिम भत्ता लिएका छन् । स्वास्थ्य महाशाखाका सह(संयोजक सुर्य तिवारी पहिलाको बजेट सकिएको र आगामी बजेटबाट अग्र पंङ्गतीमा रहेर काम गर्नेलाई प्रोत्साहन भत्ता दिईने तयारी मै छै भन्नू हुन्छ । महाशाखाबाट सबै प्रकृया पुरा गरेर फाईल पठाईएको छ उहाँले भन्नुभयो “चेक संञ्चालनमा आए संगै सबैलाई बितरण गरिने हो ।

साउन, भदौ महिनाको समेत जोखिम भत्ता व्यवस्था गर्नु पर्ने भएकाले सोही समयमा क्रमागत योजना अन्तर्गत रकम निकासा गरीने उहाँले बताएका छन् । महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम वापतको जोखिम भत्ता भन्दै १०२ जना कर्मचारीलाई २१ लाख ९३ हजार ७ सय ९४ रुपैयाँ भत्ता बाँडेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जोखिममा काम गरेका कर्मचारीलाई सरकारको निर्णय अनुसार जोखिम भत्ता दिइएको दावी गरेका छन् । सरकारले चिकित्सक तथा ल्याबमा काम गर्ने प्राविधिकहरुलाई दिन्छु भनेको भत्ता नदिएको अवस्थामा महानगरपालिकाले कसरी बाँड्यो भन्ने प्रश्नमा जोशीले महानगरको आन्तरिक स्रोतबाट बाँडिएको बताउनुभयो । स्वास्थ्य महाशाखाका पाँच जना कर्मचारीले प्रोत्साहन भत्ता पाएका छन् भने अन्यले पाउन सकेका छैनन् ।

कसैले १० दिनको पाउनुभा’ छ कसैले डेढ महिनाको पाउनुभा’ छ हिसाब गरेर दिएका छौं’ प्रमुख प्रशासकीय अधिकृत जोशीले भन्नुभयो, ‘जोखिम नभएकालाई दिएका छैनौं यो अति नै हो सबै अफिसमा बिना काम नजाने त छैनन । यसैले कसैलाई काखा कसैलाई पाखा गरेको कर्मचारीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्