प्रकाश योगी/ कंचनपुर
साझ झन्डै ७:३० को समय मा अस्थायी प्रहरी पोस्ट कृष्णपुर २ वाणी कंचनपुरको प्रहरीले एउटै मोटरसाइकलमा ३ जना प्रहरी सवार भै वाणी बजारको दक्षिण सरस्वती मा.बि . सम्म पुगे हल्दार गोपाल पुजारा शिव राज भट्ट र रिमा थारु सोही टोल वाणीका स्थानीय बासिन्दा बर्ष १५ का सुनिल चौधरी र उनकि आमा अनिता चौधरी माछा मार्दै थिए ।
प्रहरी जवान शिवराज भट्ट मोटर साइकल बाट उत्रिएर केही सोध पुछ नै नगरी हातले कानमा हिर्काए अनि बुटले शरीरमा हान्न थाले । आमा अनिताले किन हानेको भन्दा केही जवाफ नदिएर प्रहरी फर्किए । अहिले उनको उपचार माया मेट्रो अस्पतालमा भैरहेको छ ।
कान रोक विशेषज्ञ डाक्टर डि आर कडेल का अनुसार ६० प्रतिशत कानको जाली फुटेको र तीन महिना लगातार औसधि सेवन गर्न पर्ने र तीन महिना पछि कानको अप्रेसन गर्नपर्ने बताए । सुनिलको परिवारको आर्थिक अबस्था कमजोर भएकाले उपचार प्रहरी जवान शिवराज भट्टले गर्ने सहमति भएको उनका काका अमर चौधरीले बताए ।