
काठमाडौं । सुनसरी भोक्राहाका २२ वर्षीय गुणराज यादवको हत्या भएको छ । भाक्राहा गाउँपालिका ७ स्थित घरबाट साउन २९ मा मोवाइल पसलमा काम छ भनेर निस्केका गुणराजको शव साउन ३१ मा सुनसरी खोलामा भेटिएको थियो ।
गाउँकै पाँचजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक एसपी कमल थापाले जानकारी दिए ।
हत्यामा संलग्न दिनेश महतो, पप्पु राम, शिव कुमार मेहता, दीपक कुमार यादव र प्रदीप रामलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरुलाई ज्यान सम्बन्धी मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
धानखेतमा ‘रगत जस्तो पदार्थ’ देखिएको स्थानीयको सूचना फलो गर्दै जाँदा सुनसरी खोलामा बोरामा ढुंगासहित प्याक गरेर फालेको अवस्थामा गुणराजको शव भेटिएको प्रहरीको भनाइ छ ।
अनुसन्धानको क्रममा व्यक्तिगत सम्बन्ध र मृतकको स्वभाव वियलेषणपछि प्रहरी हत्यामा संलग्न अभियुक्तसम्म पुग्न सफल भएको हो ।





