बोलेरोले ठक्कर दिँदा प्रहरी जवान र हवल्दारको मृत्यु



पोखरा । पोखरामा गस्तीमा खटिएका प्रहरी टोलीलाई बोलेरोले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी जवान चन्द्रबहादुर बगाले मगर र हवल्दार डम्बरबहादुर थारुको मृत्यु भएको हो । प्रहरी जवान बगालेले चलाएको मोटरसाइकललाई पछाडिबाट आएको बोलेरो जिपले ठक्कर दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार राती १२ बजेदेखि लागू हुने गरि मंगलबार निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दे गुडेको बोलेरोले मंगलबार राती १ बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

विन्ध्यावासिनबाट जिरो किलोमिटर झर्दै गरेको मोटरसाइकललाई मालेपाटनमा बोलेरोले ठक्कर दिएको थियो । डिएसपी हमालका अनुसार ग २ च २६२६ नम्बरको बोलेरोले ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्