
काठमाडौं । बुधबार देशका विभिन्न ठाउँमा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो । यो सहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।





