कालिकोटको नरहरिनाथमा पहिरो जाँदा ४ जना बेपत्ता



काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका ५ मा पहिरोले पुरेर ४ जना बेपत्ता भएका छन् । पहिरो रुप्सा लेकमा रहेको तुले सहकारी र धने सहकारीको गोठ बगाउँदा चारजना बेपत्ता भएका कर्णाली प्रदेश प्रहरी कार्यालय एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

अविरल वर्षाको कारण बुधबार बिहान आएको पहिरोमा परेर बेपत्ता हुनेमा ६० बर्षिय चन्द्र सहकारी, २९ बर्षिया पम्फादेबी सहकारी, ३० बर्षिय भीमा सहकारी, र उनको छोरा ९ बर्षिय रमित सहकारी छन् । नेपाल प्रहरी र शसस्त्र प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्