निषेधाज्ञामा पनि बैंक खुलै रहने, कहाँ कति खुल्छन् शाखा ?



काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि हुने निषेधाज्ञामा बैंकहरुको सेवा भने सञ्चालन हुने भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले सेवा दिने बताए । तर सीमित शाखा सञ्चालनमा आउने उनको भनाइ छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न दिने निर्णय गरेका हुन् । अत्यावश्यक क्षेत्र भएका कारण बैंकहरुलाई सीमित कर्मचारीहरु राखेर सेवा सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको हो ।

बैंकका कर्मचारीहरुलाई पास भने वितरण गरिएको छैन । सीमित शाखा कार्यालयहरु न्युन कर्मचारी राखेर खोल्न दिने र उनीहरुलाई बैंककै परिचय पत्रका आधारमै आवत- जावत् गर्न दिइने बताइएको छ । ‘थोरैमात्रै हुँदा हामी बैंककै परिचय पत्र देखाउर हिड्न दिन्छौं, फेरि धेरैजना आउनु भयो भने चाहिँ रोक्छौं भन्ने कुरा प्रहरीबाट आएको छ,’ अध्यक्ष दाहालले भने ।

कहाँ कति खुल्छन् बैंक ?
बैंकर्स संघका अध्यक्ष दाहालका अनुसार बैंकहरुले सबै शाखा कार्यालयहरु भने खोल्ने छैनन् । काठमाडौं उपत्कायमा जिल्लाअनुसार बैंकले एक दिनमा कति वटा शाखा खोल्ने भन्ने तय भएको छ ।

अध्यक्ष दाहालले एक बैंकले काठमाडौं उपत्यकामा बढीमा ८ वटामात्रै शाखा कार्यालयहरु खोल्न पाउनेछन् । एक बैंकले काठमाडौं जिल्लामा एक दिन ५ वटा शाखा खोल्न पाउनेछन् भने भक्तपुरमा एक र ललितपुरमा २ वटा शाखा खोल्न पाउने उनले बताए .

प्रतिक्रिया दिनुहोस्