विवादमा परेको सांसदको लोगो फिर्ता



काठमाडौं । संघीय संसद सचिवालयले डिजाइन अनुसारको लोगो तयार नभएपछि घरेलु तथा साना सद्योग कार्यालयलाई फिर्ता गरेको छ ।

सचिवालयले मंगलबार बागमती प्रदेशअन्तर्गतको कार्यालयलाई बोलाएर लोगोबारे असन्तुष्टि व्यक्त गरेको थियो । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार डिजाइन अनुसार लोगो सुधार फिर्ता पठाइएको हो ।

सचिवालयले ३५० थान लोगो बनाउन घरेलु कार्यालयलाई जिम्मा दिएको थियो । कार्यालयले ब्याच पिन तयार गर्ने र नक्सा अद्यावधिक गर्ने जनाएको छ । लोगो बिग्रिएपछि डिजाइनर टकवीर मुखियाको आलोचना भएको थियो । तर मुखियाले निर्माणकर्ताको दोष आफूमाथि आएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्