
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेका निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले आज विहान विज्ञप्ति जारी गर्दै निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ देशभक्ति र प्रकृति प्रममा आधारित उहाँका अनेकौं काब्य कृति सदापठनीय र मननीय छन् । उहाँको निधनले नेपाली वाङमय र सात्यिको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।





