अछाममा बाढीले बस्ती बगायो, ६ जनाको शव भेटियो, १५ जना बेपत्ता



कैलाली । अछामको रामारोशन गाउँपालिका ५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ ।
बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।

सोमबार बिहान रामारोशन गाउँपालिकाको वडा नम्बर ३ सान्तडास्थित सैनीबजारमा पसेको बाढीले २२ घर बगाएको छ। अहिलेसम्म ६ जनाको शव फेला परेको छ भने १५ जना बेपत्ता भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्