सहिद रामवृक्ष यादवको तस्बिरमा प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त



काठमाडौं । महान शहीद एवं मधेसका लोकप्रिय क्रान्तिकारी नेता (मास्टर साहेव) क.रामबृक्ष यादवको २६ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बारहीमा प्रचण्डले यादवप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गरेका हुन् ।

धनुषकोगणेशमान चारनाथ नगरपालिकामा आमा सम्पैत देवी र बुबा रामलखन यादवको कोखबाट वि.सं. २००३ मा जन्मिएका यादव वि.सं. २०२९ सालमा नेकपा चौम को सम्पर्कमा पुगेका थिए । नले २०३१ मा पार्टीको सक्रिय सदस्यता पाएका थिए ।

सङ्घर्षको भट्टीबाट जन्मिएका एक वीर क्रान्तिकारी योद्धाका रुपमा उनलाई स्मरण गरिन्छ । उनले बाल्यकालदेखि नै अभाव, अशिक्षा एवं रुढिवादी सामाजिक परम्परा र सामन्ती उत्पीडनविरुद्ध निरन्तर सङ्घर्ष गर्दे आएका थिए ।

प्रतिक्रिया दिनुहोस्