सरकारद्धारा चिङ्गाड गाउँपालिकामा दुईसय घरका छाना जस्तापाताले छाईदै



खगेन्द्र हमाल

सुर्खेत । कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिकामा दुईसय घरका छाना जस्तापाताले छाईने भएको छ । सरकारले विपन्न परिवारलाई जस्तापाताले घर छाउनका लागि प्रती घरपरिवार ५० हजारका दरले रकम उपलब्ध गराउने सहरी डिभिजन तथा भवन निर्माण आयोजना सुर्खेतका ईन्जिनियर टिकाराम पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित परिवारले उक्त रकम स्थानीय तहबाट प्राप्त गर्नेछन । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्ष भित्र चिङ्गाड गाउँपालिकामा २०० परिवारका लागि सुरक्षित आवास निर्माण गरिनेछ ।

यो कार्यक्रम अन्तर्गत सुरक्षित र वातावरणमैत्री आवासको लागि गरिवीको रेखामुनि रहेका, वृद्ध, एकल महिला, बालबालिका नै घरमुली भएका परिवार बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण घरबारबिहिन बनेकाहरु समावेश हुनेछन ।

साथै खर तथा परालको छाना भएका घरधुरीमा पनि जस्तापाताले छाना छाउन सरकारले सहयोग गर्ने भएको छ । चालू आर्थिक बर्ष नै यो कार्यक्रम मार्फत प्रदेशभरी नौ हजार घरका छानामा जस्तापाता लगाउने योजना रहेको छ।यसरी जस्तापाता लगाएमा आगलागीबाट सुरक्षित हुने र गरिव परिवारले राहत महसुस गर्ने सरकारले आपेक्षा गरेको छ ।

बिगत लामो समयदेखि वाढिपिडितहरुले यो पटक भने पक्कै पनि सरकारले सहयोग गरेको अनुभुती प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्