पोखरामा आज रातिदेखि निषेधाज्ञा



पोखरा । महामारीको रुप लिई रहेको कोरोना भाइरस संक्रमणको रोकथामको लागि कास्कीमा मंगलबार राति १२ बजेदेखि भदौ ७ गतेसम्मको लागि निषेधाज्ञा जारी हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्कीमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने पुष्टि गरे ।

यसअघि पोखरा महानगरमा बसेको सर्वदलीय समितिको बैठकले निषेधाज्ञा जारी गर्न सुझाएपछि महानगरले प्रदेश सरकार कहाँ निषेधाज्ञा जारी गर्नको लागि सिफारिस पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्