
काठमाडौं । गृहमन्त्रीको स्कर्टिङका लागी ड्युटी लिन सुरक्षाकर्मीका अगुवा गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुटरलाई ठक्कर दिँदा दुई महिला घाइते भएका छन् ।
नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको अगुवा जीपले बा ९४ प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । जीपको ठक्करबाट नुवाकोट घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन् ।
उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक एसपी बामदेव गौतमले जानकारी दिए । जीप चालकलाई महानगरीय प्रहरी बृत सिंहदरबार नियन्त्रणमा लिएको छ । गृहमन्त्री रामबहादुर थापा बादल मंगलबार बाजुरा जाँदै छन् ।





