
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोले फर्मको दर्ता प्रमाण-पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिईएको टोलीले निज शिव शंकर महतोलाई सेवाग्राहीबाट रु.१०,०००।– (दश हजार) घुस/रिसवत बापतको रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।





