सवारी साधन मर्मत सम्भार गर्ने वर्कसप भदौ १५ गतेसम्म बन्द



काठमाडौं । सवारी साधन मर्मत सम्भार गर्ने व्यवसाय अटो वर्कसपहरु भदौ १५ गतेसम्म बन्द हुने भएको छ ।

कोरोना संक्रमण फैलिँदै गएको अवस्थामा अटो वर्कसपहरु पनि असुरक्षित दखिएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले सोमबारदेखि भदौ १५ गतेसम्म बन्द गर्ने जानकारी दिएको छ ।

संघले सोमबार एक अपिल प्रकाशित गरी एम्बुलेन्स, अस्पतालका र सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सवारी साधन मर्मत सम्भारको काम बन्द गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्