ओली, प्रचण्डसँग छलफल गर्न देउवा पुगे बालुवाटारमा



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएपछि देउवा बालुवाटार पुगेका हुन् ।

छलफलमा ओली, देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक सहभागी छन् ।

देउवाका सहयोगी भानु देउवाले प्रधानमन्त्रीले डाकेपछि सोमबार बिहान साढे ११ बजे सभापति र लेखक प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको जानकारी दिए ।

संबैधानिक नियुक्ति, रिक्त रहेका पोखरा विश्वविद्यालयलगायतमा नियुक्तिजस्ता विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्