
काठमाडौं । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका थिए ।
उनको गएराति ११ः ५ बजे मृत्य भएको सूर्योदय नगरपालिकाले जनाएको छ । गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पनि उनको रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए ।





