अमेरिकाको ओहायोमा गोलीकाण्ड, १७ जनाको मृत्यु



अमेरिकाको ओहायो राज्यको सिनसिटीका बेग्लाबेग्लै स्थानमा आइतबार बिहान भएको गोलीकाण्डमा परेर १७ जनाको मृत्यु भएको छ ।  राज्यका सहायक प्रहरी प्रमुख पाउल नउडिका अनुसार पहिलो गोलीकाण्ड ओभरदराईनमा भएको थियो । त्यहाँ भएको गोलीकाण्डमा १० जनामाथि गोली प्रहार भएको थियो । त्यहाँ २ जनाको मृत्यु भएको आशंका छ ।

त्यसपछि वालनट हिल्समा ३ जनाको गोली हानी हत्या गरिएको छ । त्यस्तै एभन्डेलमा ४ जनामाथि गोली हानेर मारिएको बताईएको छ । तर त्यहाँ २ जनाको मात्र मृत्यु भएको भन्ने खबर आएको छ, पुष्छि भैसकेको छैन । रिपोर्टहरुका अनुसार ६० देखि ९० मिनेटभित्रमा तीनवटा गोलीकाण्ड भएका छन् ।

यद्यपि, प्रहरीका अनुसार ती तीन घटना एकअर्कासँग सम्बन्धित होइनन् । उक्त राज्यमा सन् २०१९ को तुलनामा २०२० मा गोलीकाण्डका घटनाहरु बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्