६४१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २६ हजार ६६०



पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । उनीहरुमध्ये १०४ जनाको मृत्यु भएको छ भने १७ हजार ३३५ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्