रौतहटमा युवकको घाटी रेटेर हत्या



रौतहट । रौतहटको गरुडा नगरापालिका वडानम्बर ८ जिगंडवामा एक युवकको हत्या भएको छ ।

जिगंडवाका २० वर्षीय निरजंन रामको धारिलो हतियारले घाटी रेटेर हत्या भएको अवस्थामा बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शवको प्रकृति हेर्दा धारिलो हतियारले घाटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

एक फलफूल नर्सरीमा काम गर्ने राम साँझमा घर जान्छु भनेर हिँडेका थिए । घर नपुग्दै गाउँभन्दा तीनसय मिटर टाढा बाटोमा उनको शव फेला परेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याउने र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्