काठमाडौँ उपत्यकामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि



राजधानीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । आजमात्र उपत्यकामा १०० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८०, ललितपुरमा ११ र भक्तपुरमा ९ जनामा नयाँ संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । आज थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

त्यस्तै अहिलेसम्म कोरोनाका कारण १०२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्