बालुवाटारमा ओली –प्रचण्डबीच वार्ता सुरु



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दोस्रो दिनको भेटवार्ता सुरु भएको छ ।

ओली र प्रचण्डबीच नौ दिनको मौनता तोड्दै बिहीबार चार घण्टा वार्ता भएको थियो । वार्ताका लागि अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । द्विपक्षीय वार्तामा सहमतिका विविध विकल्पबारे छलफल हुने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वागले जानकारी दिए ।

‘हिजोको वार्ताको निरन्तरतास्वरुप आज पनि वार्ता हुदैछ । सायद आजको वार्ताले केही परिणाम ल्याउँछ भन्ने हाम्रो अपेक्षा छ,’ नेम्वागले भने, ‘उहाँहरूबीच छलफल भएका विषयहरुबारे त जानकारी छैन तर पार्टी विवाद समाधानका लागि उहाँहरु गम्भिर भएको बुझिएको छ ।

दुई नेताबीच बिहीबार भएको वार्तामा पार्टीभित्रको समस्या समाधानउनमुख कोणबाट अघि बढेको ओली र प्रचण्ड निकटका नेताहरुले बताउदै आएका छन् । बिहीबार भएको दुुई नेतावीचको वाार्तमा यसअघि स्थायी समिति बैठक नै नचाहेका ओली अव भने स्थायी समिति बैठक राख्न र आफुपनि बस्न सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्