
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकातर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेहिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षण्का लागि गएका हुन् ।
सापकोटा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट उद्दारका लागि सह सेनानीको नेतुत्वमा २१ जनाको टोली २१ जनाको टोली परिचालित भएको छ ।





