
काठमाडौं । उपत्यका लगायत अन्य जिल्लामा कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रुपमा बन्द गरिएको छ ।
गृह मन्त्रालयको निर्दैशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरेको हो ।
अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिँइदै आएको पास पूर्ण रुपमा बन्द गरिएको बताए ।
उनका अनुसार अन्य जिल्ला प्रशासनले पनि काठमाडौं पनि भित्रने पास दिने छैनन् । गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो ।