बालुवाटारमा ओली-प्रचण्डबीच छलफल



काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । भेटमा पार्टीको समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

स्थायी कमिटीको बैठकमा प्रचण्ड – माधव नेपाल पक्षको नेताहरुले ओलीको राजीनाम मागेपछि नेकपाका
विवाद बढेको छ । राजीनामा नदिने ओलीको अडान इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्