करेन्ट लागेर मृत्यु



कञ्चनपुर । कृष्णपुर नगरपालिका-६ मौरीफाटा बस्ने २४ वर्षीया राधा वडको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।

सोही नगरपालिकास्थित महाकाली माबिको क्वारेन्टाईनभित्र रहेको मोटर जडान गरेको धारामा नुहाउन पानी चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्