मृत अवस्थामा फेला



काठमाडौं । दाङ, गढवा गाउँपालिका-१ मलमला घाटस्थित राप्ती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ७० बर्षीय पुरुष मंगलाबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, मिथिला नगरपालिका-९ बेंगाडावर बस्ने चन्देश्वर महतोको १८ बर्षीय छोरा शिवशंकर महतो घर नजिकै रहेको आफ्नै खेतको आँपको बगैँचामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्