
नेपालका कोरोना संक्रमित र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दिनदिनै बढ्दै गएको छ । आजमात्र नेपालमा कोरोना भाइरसका कारण ८ जनाले ज्यान गुमाएका छन् । जुन आजसम्मकै उच्च मृत्यु हो ।
मन्त्रालयका अनुसार काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।





