खानेपानी मन्त्रीद्धारा उपभोक्ता संस्थाहरुलाई गाडीको चाबी हस्तान्तरण



काठमाडौं । खानेपानी मन्त्री बिना मगरले शहरी खानेपानी तथा सरसफाई आयोजनाका चार उपभोक्ता संस्थालाई बुधबार सवारी साधन हस्तान्तरण गर्नुभएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत रहेको शहरी खानेपानी तथा सरसफाई आयोजनाले सहरी क्षेत्रमा सञ्चालित खानेपानी आयोजनाका चार वटा उपभोक्ता संस्थाहरुलाई गाडी हस्तान्तरण गरेको हो । मन्त्री मगरले दोलखास्थित चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, कञ्चनपुरको भीमदत्त नगरपालिकामा अवस्थित सिद्धनाथ बैजनाथ, सुर्खेतको शुभघाट र खोटाङको दिक्तेलमा अवस्थित रम्बा खोला माझखोला साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई गाडीको चाबी हस्तान्तरण गर्नुभयो ।

सहरी खानेपानी आयोजना अन्तर्गत विभिन्न जिल्लाका दश वटा सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई सवारी साधन हस्तान्तरण गर्ने कार्यक्रम रहेकोमा बुधबार चारवटा संस्थालाई हस्तान्तरण गरिएको हो ।

सवारी साधन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको साना भन्दा साना समस्यालाई सम्बोधन गर्दै आयोजना सम्पन्न गर्नमा उपभोक्ता संस्थाहरुको भूमिका ज्यादै महत्वपूर्ण हुने बताउनुभयो । उहाँले देशैभरि रहेका खानेपानी आयोजनाहरुलाई सम्पन्न गरी जनताका आधारभूत आवश्यकता पुरा गर्न उपभोक्ता संस्थाहरुको भूमिका महत्वपूर्ण हुने र यसका लागि मन्त्रालयले सहयोग र सहजीकरण गरिरहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्