‘युवा विदेशिनबाट रोक्न सरकारले प्रयास गरिरहेको छ’ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेका स्वीकार गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार क्रियाशील रहेको पनि जानकारी दिए’ ।

‘युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न सकेका छैनौं’ । २५ प्रतिशत युवा देशबाहिर रोजगारी र शिक्षाका लागि गएका छन् । तीन करोड जनसंख्या भएको मुलुकमा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो होइन’, प्रधानमन्त्रीको भनाई छ ।

उनले युवा विदेशिनबाट रोक्न सरकारले ठोस प्रयास गरिरहेको भन्दै केही वर्षभित्रै बाध्यतामा बाहिर जाने अवस्थाको अन्त्य गर्ने रणनीति सरकारले बनाइरहेको बताए ।

उनले युवाहरुको साथमा सरकार रहेको भन्दै युवा विना कुनैपनि काम सफल हुन नसक्ने बताए । ‘सरकार साथमा छ । अभिभावकत्व ग्रहण गर्न, साथ सहयोग गर्न सरकार दत्तचित्त छ’, प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्