नक्कली विवाहको नाटक गरेर युवतीलाई बलात्कार गरेको आरोपमा धादिङका एक युवक पक्राउ



काठमाडौं । प्रेम र विवाहको नाटक गरेर युवती बलात्कार गरेको आरोपमा थानकोट प्रहरीले धादिङ घर भएका राजन विश्वकर्मालाई पक्रेको छ ।

काठमाडौं घर भएकी २४ वर्षीया युवतीलाई राजनले तीन महिना प्रेम सम्बन्ध राखेर नक्कली विवाह गरे । नाम, थर ढाँटेर प्रेम विवाह गरेका राजनले थानकोट चेकपोष्ट स्थित डेरामा युवतीलाई ६ दिन बलात्कार गरेर फरार भएका थिए ।

बलात्कार गरेर पिडितले दराजमा राखेकोे २ लाख नगद र २ तोला सुन लिएर भागेको महानगरीय प्रहरी बृत थानकोटको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

पीडितले दिएको जाहेरीको आधारमा हामीले उनलाई पक्रेर बलात्कार र ठगी मुद्दा चलाएका छौं , डिएसपी श्रेष्ठले भने, बलात्कार गर्ने नियतले नै प्रेम विवाहको बहाना बनाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

काठमाडौंमा घर र जमिन भएकी युवतीलाई विश्वकर्माले ठग्ने र बलात्कार गर्ने नियतले नै मायाको जाल बिछयाएको पाइएको छ । भागी विवाह पछि थानकोट चेकपोष्ट स्थित एक घरमा खोजेको कोठामा फर्निसिङ गर्ने लगायतका खर्च युवतीले नै व्यहोरेकी थिइन् ।

साउन २२ मा बिहान ५ बजे युवती ब्यूँझदा राजनले पैसा र सुन लिएर भागेको थाहा पाएपछि युवतीले प्रहरी वृत थानकोटमा उजुर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्