बाघको जस्तो देखिने छालासहित पक्राउ



भक्तपुर । बाघ वा चितुवाको जस्तो दखिने छालासहित चाँगुनारायण नगरपालिका-८ सुठा डेरा गरी बस्ने रामेछाप सुनापाती गाउँपालिका-५ रुपाकोट घर भएका १८ वर्षीय किशोर लगायत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरीले कालो, खैरो र सेतो रंगको उक्त छाला, २ थान मोटरसाइकल,८ थान मोबाइलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्