डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३१ जना घाइते



काठमाडौं । डोटीका बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने ३१ जना घाइते छन् ।

पुर्वीचौकी गाउँपालिका वडा नम्बर-१ तल्लो फुलोटमा ना ६ ख २५२९ नम्बरको गाडी दुर्घटना परेको हो ।

बस सडकबाट एक सय मिटर तल खसेको छ । भारतबाट फर्केका ३४ जना यात्री बोकेको सो बस धनगढीबाट अछाम जाने गाडी दुर्घटना भएको डोटीका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर मल्लले बताए ।

घटनास्थलमै तीनजनाको मृत्यु भएको र घाइनेहरुलाई अस्पताल लैजाने काम भइरहेको उनले बताए । ‘अहिले २४ जनालाई जिल्ला अस्पताल सिलगढी ल्याइएको छ र बाँकीलाई ल्याईदै छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्