मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्य



हेटौंडा । हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ, भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी ९ नामटार घर भई हेटौंडा उपमहानगरपलिका ११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

हेटौंडा ११ थाना भ¥याङ सडकमा रोकिराखिएको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गए राति हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको मोटरसाइकल चालक विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपूरका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्