अवैध सालको काठसहित ६ जना पक्राउ



काठमाडौं । वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका-१४ बाट दुई ट्रयाक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ ।

डिभिजन वा कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरुपमा लैजाँदै गरेको अवस्थामा दुई ट्रयाक्टर अवैध काठसहित धनगढीमाई नगरपालिका-१४ निवासी समीर मगर, कुमार तामाङ, ज्ञानकुमार शाह र शिवनाथ शाहलाई पक्राउ गरेको हो ।

काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले काठ बोकेको ना४त ८७२८र स१त ५२९७ नंको ट्रयाक्टर र एक थान मोटरसाइकलसहित सबै जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्