कल्पनाको वयान : नक्कली फेसबुक आईडी बनाएर दुख दिन थालेपछि हत्या गरें



काठमाडौं । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छिन् ।

अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको उनले दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दिपक थापाले जानकारी दिए ।

ती महिलालाई प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले मंगलबार विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनले हत्या गरेको स्वीकार बयान दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्