
बारा । कलैया उपमहानगरपालिका-७ बरेवा टोल बस्ने ६० वर्षीय राजा राम मालिको करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने रबिन्द्र सिहंको छत ढलान गर्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर घाइते भएका उनको नरसिंह होम बारा हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।





