
रौतहट । फतुवा बिजयपुर नगरपालिका-१ गम्हरिया बस्ने २३ वर्षीय नबिन कुमार यादबको साथबाट नगद ५० हजार रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा मौलापुर नगरपालिका-३ बस्ने २५ वर्षीय राकेश राय यादबलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
नबिन कुमारले फतुवा बिजयपुर नगरपालिका-५ सन्तपुरस्थित आइएमईबाट उक्त नगद निकाली घरतर्फ जाने क्रममा गम्हरियास्थित नहरको नजिकमा बिआर ०५ क्यू ०३७७ नम्बरको मोटरसाइकल चालक राकेश राय यादब र मोटरसाइकलमा सवार १८ वर्षीय किशोरले नबिनको साथबाट उक्त नगद लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले लुटपाटमा संलग्न राकेशलाई मोटरसाइकल सहित पक्राउ गरेको हो।
साथै नगद सहित फरार रहेका किशोरको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





