रुकुम । आठविसकोट नगरपालिका-१२ स्थित कालो खोलाले बगाउँदा सोही नगरपालिका सानिबार्खु बस्ने खड्क बहादुर पुनकी छोरी १३ वर्षीया कृष्णा कुमारी पुनको आइतबार दिउँसो मृत्यु भएको छ ।
घरबाट घट्टमा जाँदै गर्दा खोलाले बगाएर हराईरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले करिब ६ सय मिटर टाढा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





