
सिरहा । बरियारपट्टी गाउँपालिका-१ गोरगम्मा बस्ने २६ वर्षीय सिताराम यादवको आफ्नै घरमा पंखाको लाइन जोड्ने क्रममा करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि आरके मेडिसिटी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





