मृत अवस्थामा फेला



काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-१० गणेशस्थानस्थित नवज्योती मार्गको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको शव आइतबार बिहान फेला परेको छ ।

धारिलो हतियार प्रहार गरी टुक्रा पारेर सुटकेश र जेब्रा झोलाभित्र छुट्टाछुट्टै दुई ठाउँमा राखेको अवस्थामा ती पुरुषको शव फेला परेको हो ।

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ चन्दनबस्ती बस्ने २७ वर्षीया दुरा धामी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्