जसको छाक काटेर तलब आउँछ, उसको अनुहारमा खुशी ल्याउनु हाम्रो दायित्व हो : मुख्यमन्त्री शाहि



सुर्खेत / खगेन्द्र हमाल

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीसँग कार्यसम्पादनका लागि करार सम्झौता गर्ने बताउनुभएको छ । मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनका लागि कार्यसम्पादन करार सम्झौता गरिने बताउनुभयो।

कर्णाली प्रदेश सरकारको आ.व २०७६/ ७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले वार्षिक प्रगतिको अवस्थाले आफूलाई गम्भीर बनाएको र यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

मन्त्रीहरुले मुख्यमन्त्रीसँग, सचिवले मन्त्रीसँग, र मन्त्रालय मातहतका कार्यालय प्रमुखले सचिवसँग कार्यसम्पादन करार सम्झौता गरी साप्ताहिकरुपमा कार्यप्रगतिको प्रतिवेदन, समीक्षा र निर्देशन प्रणाली बनाएर बजेट कार्यान्वयनलाई एकदमै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोहि कसैले आगामी दिनमा विभिन्न कारण विभिन्न बाहाना देखाएर कुनैपनी हालतमा पन्छिन नमिल्ने बताउनुभयो । वस्तुगत समस्या त हरेक प्रदेशमा पनि छन् तर बजेट कार्यान्वयन वार्षिक प्रगतिमा कर्णाली प्रदेश सधै झै पछि नै पर्ने परिपाटीको अन्त्य गर्नुपर्ने मुख्यमन्त्री शाहीले स्पष्ट पार्नुभयो ।No description available.

यतिबेला जनस्तरबाट सरकारका कर्मचारीहरुको योग्यता, क्षमता, नियत र कार्यसम्पादनको व्यापक टीका टिप्पणी आलोचना भइरहेको बेलामा यसतर्फ राष्ट्रसेवक कर्मचारी गम्भीर बन्नुपर्ने बेला भएको मुख्यमन्त्री शाहीले बताउनुभयो।

कर्णाली प्रदेशको भौगोलिक विकटता, कर्मचारी अभाव र कोभिड १९ ले निम्त्याएका विभिन्न चुनौती र समस्याकाबीच प्रदेश सरकारले हासिल गरेको उपलब्धि कमजोर नभएको बताउदै तीनवर्षे कार्यकालको अनुभवका आधारमा प्रदेश सरकारको अबको कार्यसम्पादन एकदमै प्रभावकारी हुनुपर्नेमा बिशेष जोड दिनुभयो।

कतिपय पुर्वाधार क्षेत्रमा योजना निर्माणमा त्रुटि रहेको र सचिवको टेबलमा चक्कर लगाउनेलाई योजना दिने परम्परा अबदेखि सदाका लागि अन्त्य गर्नुपर्ने बताउँदै आवश्यकताका आधारमा योजना बनाउनुपर्ने र त्यस सम्बन्धित विकास कार्यक्रमको गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा सबैलाई जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा रहेको गरिबी, भौगोलिक विकटता र अविकासको अवस्थालाई हेरेर कर्मचारीले सेवाभावसहित काम गर्नुपर्ने बताउदै ब्यक्तिगत स्वार्थ र आफ्नो जागिरका लागि काम गर्ने मानसिकताले गर्दा कर्णालीको नभएको बताउनुभयो ।

राष्ट्रसेवक कर्मचारीले जनता र राष्ट्रको हकहितका लागि ईमान्दारीपुर्वक काम गरिदिए मात्रै कर्णालीको मुहार फेरिनमा महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । राजनीतिक नेतृत्व र कर्मचारीमा इमान्दारिता आवश्यक रहेको भन्दै मुख्यमन्त्री शाहीले भन्नुभयो जसको छाक काटेर तलब आउँछ, उसको अनुहारमा खुशी ल्याउनु हाम्रो दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्