
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) सोमन्द्र सिंह राठौर तोकिएका छन् । यसअघि काठमाडौं प्रहरी प्रवक्तामा डीएसपी राजकुमार केसी रहेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका युनिटले गरेको काम कारवाहीलाई तथ्यगत रुपमा सम्प्रेशण गर्नका लागि राठौरलाई प्रवक्ताको जिम्मेवारी दिइएको काठमाडौं प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट काठमाडौं सरुवा भएका राठौर अपराध अनुसन्धान र अप्रेशनमा अब्बल मानिन्छन् । राठौरसँग लामो सयम काठमाडौं उपत्यकामा बसेर ‘पुलिसिङ’ गरेको अनुभव छ ।





