नेकपाका ६१ सांसदको सन्देश : काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर हुनु भएन



काठमाडौं । सत्तारुढ नेपाल कम्यसनिष्ट पार्टी नेकपा का ६१ जना सांसदहरुले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अहिले पार्टीमा देखिएको अन्तरविरोधले अन्यौल बढेको छ भने पार्टी विग्रहमा जाने खतरा बढेको
छ, हस्ताक्षरकर्ताहरुका तर्फबाट बोल्दै सांसद सुरेशकुमार राईले भने शीर्ष तहमा देखिएको अन्तरविरोधलाई सामूहिक पहलमा एकताबद्ध रहन्छौं । पार्टी विवादमा हुने मिडियावाजी, भेला कहिँ पनि सहभागी हुँदैनौंं ।

अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधबकुमार नेपाल पक्षका सांसदहरुले पार्टी एकता सुद्दढ पार्ने कुरामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा ६१ सांसदको हस्ताक्षर सार्वजनिक गरिएको थियो । ‘सांसद यज्ञराज सुनुवारले भने, ‘पार्टी फुट्ने हल्लाले हामी सबैलाई चिन्तित तुल्यायो’ । नेताहरुका गतिविधि हेर्दा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै भयो यस्तो गर्नुभएन भन्ने हाम्रो भनाई हो’ ।

यी हुन् हस्ताक्षर गर्ने सांसदहरू:

 

प्रतिक्रिया दिनुहोस्