
झापा । गौरीगंज गाउँपालिका-३ बस्ने ३३ बर्षीय अरुण राजबंशीलाई ३६ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजबंशीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





