आगलागीबाट धनमाल जलेर नष्ट



कास्की । पोखरा महानगरपालिका-२६ कालिका चोकस्थित श्यामु थापाको जुपिटर ड्राइभिङ इन्स्टिच्यूटमा पार्किङ गरी राखेको ग.२ च २९९३ नम्बरको मारुती सुजुकी कार र अन्य ३ वटा मोटरसाइकलमा शनिबार राति आगलागी भएको छ ।

आगलागीबाट कारको अगाडिको भाग जलेर क्षति भएको छ भने १ वटा मोटरसाइकल र २ वटा स्कुटर पूर्णरूपमा जलेर नष्ट भएका छन् । स्थानीय र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्