पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं । कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा १९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

यही साउन १७ गते अस्पताल भर्ना भएका उनी मधुमेहका रोगीसमेत भएको अस्पतालले जनाएको छ । उनको शनिबार राति ११ः३५ बजे उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचारकक्षमा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्